पुन पहिरो खस्दा केआईसिंह राजमार्ग अवरूद्ध

करन साउँद

डडेल्धुरा । लगातारको  वर्षाका कारण डडेल्धुरा जोड्ने केआईसिंह राजमार्गमा लगातार पहिरो खस्दा बाटो अबरूद्ध भएको छ ।

गन्यापधुरा गाउँपालिका-२, रडुवा खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि केआईसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । भिमदत्त राजमार्गमा  भने भर्खरै  पहिरो पन्छाएर सडक सुचरू भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

केआईसिह राजमार्गको सकायल-डडेल्धुरा सडक खण्डमा पर्ने रडुवामा लगातार पहिरो खस्ने र रोकिने क्रम जारी रहेको सकायल प्रहरी चौकीका इन्चार्ज डम्बर बहादुर कार्कीले बताए । ५-१० मिनेटको अन्तरमा पहिरो खस्ने गरिराखेको हुँदा डडेल्धुरा-दिपायल सडक अहिले सडक पूर्ण रुपमा अवरूद्ध छ ।

निरन्तर रूपमा भारी वर्षा भइरहेकाले  सडक पूर्ण रूपमा खुल्नका लागि  केही समय लाग्ने छ 

प्रतिक्रिया