सहिद सप्ताहमा सहिदको सम्मान गर्दै चुनावी अभियानमा आलिताल पुगे नेकपाका उमेदवार ‘क्रान्ति’

बिगूल समाचारदाता

आलिताल डडेल्धुरा । सहिद सप्ताहको अवसरमा सहिद परिवारकै सदस्य, नेपाली कम्युनिष्ट पार्टी  डडेल्धुराको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार मान सिंह माल ‘क्रान्ति’ ले आज सहिद दिवसको अवसरमा  सहिद भिमदत्त पन्तको सालिकमा पुष्पमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
सहिदको सालिकमा नतमस्तक हुँदै क्रान्तिले  सहिदहरूको बलिदान स्मरण गर्दै जनताको पक्षमा संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरे। त्यसपछि उनी आलिताल गाउँपालिका कमिटीले आयोजना गरेको चुनावी तयारी बैठकमा सहभागी भएका थिए ।


चुनावी तयारी बैठकमा स्थानीय नेता–कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा बोल्दै क. क्रान्तिले डडेल्धुराको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, किसान–श्रमिकको अधिकार र सहिद परिवारको सम्मानलाई आफ्नो चुनावी एजेण्डाको केन्द्रमा राख्ने स्पष्ट पारे।

कार्यक्रममा सहभागी आलितालका स्थानीय सुरेन्द्र बोहराले भने, “सहिद परिवारकै सदस्य भएर सहिद भिमदत्त पन्तको सालिकमा पुष्पमाला अर्पण गर्दै चुनावी अभियान सुरु गर्नु सकारात्मक सन्देश हो। यसले जनतामा विश्वास र  भरोसा बढाएको छ।” सहिद सप्ताहको अवसरमा सहिदप्रतिको सम्मान र राजनीतिक प्रतिबद्धता एकसाथ प्रस्तुत हुँदा आलितालसहित डडेल्धुराको चुनावी माहोल थप सक्रिय बनेको छ।

प्रतिक्रिया