नवदुर्गा डडेल्धुरा। डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ बजाडीका ५६ वर्षीय धर्मसिंह बोहराले आफ्नै घर नजिकै झुण्डिएर आत्महत्या गरेका छन्।
विगत लामो समय भारतमा बस्दै आएका बोहरा हाल घर फर्केर कृषि पेशामा संलग्न थिए। सनिवार बिहान आफ्नै घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको वास्तविक कारण भने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोली घटनास्थल पुगिसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
06 Sep 2025, Saturday