MB इन्स्टिच्यूट डडेल्धुराका संञ्चालक बोहराद्वारा डडेल्धुरा क्याम्पसमा अक्षय कोष स्थापना

lalbigul.com

डडेल्धुरा । शिक्षाको ज्योति फैलाउन निरन्तर लागिरहेका MB एजुकेसनल  इन्स्टिच्यूट प्रा.लि. डडेल्धुराका संचालक तथा समाजसेवी मदन बहादुर बोहरा (MB) ले डडेल्धुरा बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गरेका छन्।


बोहराले क्याम्पस प्रमुख लालबहादुर बुढालाई नगद  रु. १०,०५५ रुपैयाँ हस्तान्तरण गर्दै औपचारिक रूपमा कोषको स्थापना गरेका हुन्।

अक्षय कोषको यो थालनीलाई ऐतिहासिक कदमको संज्ञा दिँदै क्याम्पस प्रमुख बुढाले भने “बोहराजीको यो योगदानले डडेल्धुरा क्याम्पसका विद्यार्थीहरू र सम्पूर्ण शैक्षिक परिवारका लागि प्रेरणाको स्रोत बन्नेछ। यसले अन्य सामाजिक अगुवाहरूलाई पनि शिक्षाको क्षेत्रमा योगदान गर्न प्रेरित गर्नेछ।”

२०८१ चैत्र ५ गते सम्पन्न स्वीयू निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि शिक्षा र सामाजिक सेवाप्रतिको उनको निरन्तर प्रतिबद्धता यस अक्षय कोषमार्फत पुनः प्रमाणित भएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सो रकम अक्षय कोषमा राखिने छ क्याम्पस प्रमुख बुढाले भने ।

यस अक्षय कोषले भविष्यमा धेरै विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने र डडेल्धुरालाई शैक्षिक हबका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया