डडेल्धुरामा ९० मिलिग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ

lalbigul.com

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका १ बस्ने २४ वर्षीय सागर सिजापति र त्यही ठाउँका २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया