डडेल्धुराको कृतिपुरमा इभी दुर्घटना, तीन जना घाइते

बिगूल समाचारदाता

डडेल्धुरा। आज बिहिवार राति करिब ११ बजे डडेल्धुरा–बैतडी सडक खण्डअन्तर्गत डडेल्धुराको कृतिपुरमा इभी गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

सु.प.प्र ०१-००१ज१६४७ नम्बरको इभी अनियन्त्रित भई सडकबाट बाहिरिएर पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्दारकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाकी छ । 

प्रतिक्रिया