नेपाली कम्युनिष्ट पार्टी डडेल्धुराको प्रत्येक्ष उमेदवारमा दिनेश ऐर सिफारिस

बिगूल समाचारदाता

डडेल्धुरा ।आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले डडेल्धुरा निर्वाचन क्षेत्र नं. १ बाट दिनेश ऐरलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका–२ स्थायी बसोबास भएका ऐर पूर्व नेकपा (माओवादी केन्द्र) डडेल्धुरा–काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष तथा अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समिति अध्यक्ष हुन्।

जिल्लाको यथार्थ अवस्था, विकासको कमजोर गति, युवापलायन र सक्षम युवा नेतृत्वको आवश्यकतालाई संसदमा मजबुत रूपमा उठाउन सक्ने पात्रका रूपमा ऐरलाई सिफारिस गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया