डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी आलिताल गाउँपालिका–६ का वडा कमिटी संयोजक पदम गाहा मगर तथा नेपाली काँग्रेसका क्रियाशील सदस्य गोपाल विष्टले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार मानसिंह मालले औपचारिक रूपमा पार्टीमा स्वागत तथा समावेश गराएका हुन्। कार्यक्रम आलिताल गाउँपालिका वडा नं. ६ मा आयोजित गरिएको थियो।
यस अवसरमा बोल्दै उम्मेदवार मालले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरू देश र जनताको हितका लागि नेकपामा एकजुट हुँदै आएको बताएका छन्। उनले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह “पाँच कुने तारा” मा मतदान गर्न सबै मतदातालाई आग्रह गरे।
स्थानीय स्तरमा पार्टी प्रवेशको क्रम बढ्दै जाँदा तारा चिन्हका उम्मेदवार मालको निर्वाचन अभियानले नयाँ उचाइ हासिल गर्दै गएको नेपाली कम्युनिष्ट पार्टीका नेता अमर बोगटीले बताए । उनले भने यसलाई हामीले जनसमर्थनको संकेतका रूपमा लिएका छौ ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।