भाट-भटेनी र नागको कथा:
गन्याप देउताको उत्पत्तिसँग जोडिएको किंवदन्ती
करन
साउँद (किरण)
डडेल्धुराको गन्यापधुरा गाउँपालिका ४ र ५ को सिमानामा
पर्ने महाभारत वनक्षेत्रको घना जंगलमा
पर्ने प्रसिद्ध लाटागन्याप ‘शिखर जात’ प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी दिन
रातीको समयमा लाग्ने गर्छ ।
शिखर
जातमा भक्तजनहरूको निकै नै ठुलो घुइचो लाग्ने गरेको पाइन्छ यस ठाउँमा जानका लागि
१५ दिन अगाडी देखि निन्नो चोखो बस्ने (शुद्ध साकाहारी भोजन गर्ने) परमपरा परापूर्व काल देखि चल्दै आएको छ । यस
धार्मिक मेलामा पुग्नका लागि डडेल्धुरा जिल्ला सदरमुकामबाट हिडेर १ दिन भरिकै
यात्रा हुन्छ भने गन्यापधुराको सदरमुकामबाट २/३ घण्टामा पुगिने यस क्षेत्रमा
सुदुरपश्चिका विभिन्न जिल्लाहरूबाट भक्तजनहरू आउने गर्छन् । गन्यापधुरा गाउँपालिकाकाको मालिगाउँ, रुमायल, जैसेरा, रेल
र डोटीको थप्सा र बानीडुग्रेसैन लगायत १२
ठाउँबाट देउरो आउने गर्दछ । देउरो आउँदा दाइन, दमाहा र भोक्कर बजाइन्छ भने दमाहा बजाउने विशेष अधिकार दमाई
जातिका व्यक्तिलाई दिएको छ । रेलको ढोली (दमाई)ले दमाह नठोक्दा सम्म गन्यापको पुजा
सुरूवात हुँदैन ।
गन्याप
देउता संग (फुला भाट भटेनी) को साईनो
स्थानीय
र पौराणिक किंवदन्ती अनुसार रुमायल गाउँमा
दुईजना भाट दम्पती (भाट/ भटेनी) बस्दै
आएका थिए भाटभटेनी दम्मपत्तीले बर्खादको समयमा धानको बारीलाई गोडमेल (नेल्ने)
क्रममा खेतमा पहेलो नाग (सर्प) भेटाए पछी
नागलाई आफ्नो घरमा ल्याएर धान राख्ने
कोरङो (भाकारी) मा राखेर पाले । एक दिनको
कुरा थियो श्रीमान फुला भाट गाउँ घुम्न गए ।
गाउँ जादा श्रीमतीलाई खाना पकाएर राख्नु म खानेबेला पुग्छु भन्नेका रहेछन्
। त्यतिबेला हाम्रो समाजमा श्रीमान भन्दा अगाडी श्रीमतीले खाना खादैन थिए । फुला
गाउँ जादै गर्दा एक जना गाउँलेले फुलाको
छडी (टेक्ने बासको लौरो) चोरी भयो । चोरी
गर्ने मान्छेले चोरी गरेको छडी लेगेर फूलाको घरमा गए ।
त्यसपछी
ती छडी चोर्ने मान्छेले भटेनीलाई भने फुला
आउदैन्न उनले खाना खाईसक्यो भनेर मेरा घर भणीया भणीबर मलाई पठायाको हो । उनले यो छडी पठाराई छन् राखिदेउ । भनेर ती मान्छेले भनेपछी
भटेनीले विश्वास गरेर पकाएको खाना खादै थिइन त्यतिबेला फुला भाट घरको आगनमा
टुपुक्क पुगे ।
घरको
आगनबाटै फूलाले लौ बुढी जिउनार अदाउ (भात खानु) खान लगा भनेपछी भात खादै गरेकी
भटेनीलाई धर्म संकट पड्यो । आफ्नो बुढो खाना खानका लागि आए म आफु खाना खादै छु भनेर भटेनी
धर्मसंकटमा परिन् । भटेनीलाई हतार पतार संगै धर्म संकट भयो के
गर्ने के गर्ने भनेर त्यसैबेला उनले आफुले
खादै गरेको जुठो थाललाई नाग बसेको कोरङोमा
लुकाईन । जुठो थाल आफु बसेको कोरङोमा लुकाए पछी नाग रिसाए । त्यसपछी नाग(गन्याप)
ले भाटभटेनीको घरबाट छोडे र महाभारतको लेक तिर
निस्किए । जहाँ अहिले पुजा लाग्छ
त्यस ठाउँमा नाग (देवता) बसे र भाट भटेनीपनि नाग कै पछीपछी त्यहाँ पुगे त्यो दिन
थियो भाद्र शुक्ल चतुर्दशी ।
साझको
बेला महाभातको जंगलमा नागसंगै बसेर भाटभटेनीले आगो बाल्न र खाना पकाउनका लागि तीन
ओटा ढुङ्गाका डिल्ला लगाए । ती तीन ओटा ढुङ्गाका डल्लाहरू मध्ये दुई ओटा त्यही
ठाउँमा छन् भने एउटा डिल्ला त्यहाँबाट घुरेर (खसेर) गोठपाणका खोला पुग्यो त्यो
अहिले पनि हेर्न सकिन्छ । बाकी बचेका दुई डिल्लाहरूले बृह्त रूप लिए र त्यहि निर
रहे । भाट भटेनीका दुवै बुढाबुढीहरू त्यसैठाउँमा नै बर्मलिन भए बर्मलिन भएपछी गन्याप
देउताले ती दुवै डिल्लाका ओरीपरी आफुलाई बेरे र टाउको र पुच्चर एकै ठाउँमा राखे
गन्यापको टाउँको भएको ठाउँमा आजभोली पुजा गर्ने गरिन्छ । भन्ने किबम्व दन्ति छ ।
गन्याप र मसानी दैतको सम्बन्ध"
आस ए मसानी दैत खपर्याको दल आयो नेडी"
त्यतिबेला
देवता र दानबको लडाई हुँदा खपर्या दानवले गन्यापमाथि आक्रमण गर्नका लागि एउटा
ढुङ्गा हान्यो । ढुङ्गा हानेपछी गन्यापले मसानी देवतालाई सहयोगका लागि गुहार मागे
" आस ए मसानी दैत खपर्याको दल आयो नेडी" भनेर बोलाउदा मसानी देवता आएर खपर्याले हानेको
ढुङ्गालाई उल्टा फर्काई दिए त्यो ढुङ्गा
अहिले पनि दुई ओटा सिलाको बिचमा अडिको छ । त्यसलाई खपरेको गोलो भन्ने गरिन्छ त्यो
दुई सिलाको बीचमा अड्किएको हामी देख्छु । त्यसपछी दानब हारे र देउताहरूको विजय भयो
। मसानीले देउता र दानबहरूको लडाईमा साथ दिएको हुँदा अहिले पनि गन्यापमा रातीको १२ बजे पहिलो घाई मसानीको लागे पछी मात्रै पुजा सुरू
हुन्छ ।
गन्याप
देउतासंगको भुल जातीका महिलाहरूको सम्बन्ध
महाभारतको
जङ्गलमा निङलाको घाँस पाउथ्यो । त्यतिबेला
निङलाको घास काट्न हालको गन्यापधुरा गाउँपालिका वडा नं. ४ मा
पर्ने जैसेरा गाउँका भुल जातीका महिलाहरू निङलाको घासकाट्नका लागि त्यस जंगलमा
पुगे पानी पर्दै थियो ओत लाग्ने ठाउँ कतै भेटेन्न त्यसैठाउँमा ओत लागे ।
ओत
लाग्दा एक जना महिलाले आफ्नो आसी (हसिया) लाई त्यो सिलामा धार लगाउँदा रगत बगेको रहेछ रगत बगेको देख्दा ती महिलाले आफ्नो टाउको
बाध्ने पछ्यौराले छोपेकी रहेछन् । पहिलो पटक भुल जातीका महिलाहरूल गन्याप देउताको दर्शन
पाएको किम्बन्दती छ । त्यसैले त्यतिबेला
पहिलोपटक भूल जातीका महिलाहरूले गन्यापको दर्शन पाएको हुँदा भुल जातीका
महिलाहरूलाई गन्यापले पहिलो आसन दिउला भनेर बाचा बोलेका रहेछन् । आजभोली पनि भूल
जातीका महिलाहरूलाई मन्दिरको एक छ्यौतिर टाडको
आसन (काठको खामा माथि बनाएको बस्ने
ठाउँ) बनाएर आसन दिएको छ । अहिले पनि त्यो
ठाउँमा भुल जातीका महिलाहरू बस्ने गरेको देख्न सकिन्छ ।
रेलको
बाङ्गो ढोली (दमाई) र गन्याप देउताको
सम्बन्ध
गन्याप
जातमा अहिले पनि बाङ्गो ढोली (दमाई)का सन्तानहरूले पहिलो ठोकाउनी
(घाई) न लाउदा सम्म पुजा सुरूवात हुँदैन । बाङ्गो
ढोली (दमाई) गन्याप पुजा सकिएको भोलीपल्ट घर जादै थिए उनले आफ्नो बजाउने ढोल (ढोलक) त्यतै भुलेछन् । बिच बाटोबाट ढोल भुलेको भनेर ल्याउनका लागि फर्कीए । त्यो दोस्रो दिन त्यस ठाउँमा खपरे दैतका
सेनाहरूले पनि जात बनाउदा रहेछन् । बाङ्गो ढोली
आएको भुतहरूले देख्दा सोधपुछ गर्दा ढोल भुलेको भनेर भन्दा गन्यापको कारीवारी भनेर
बाङ्गो ढोलीलाई सजाय स्वरू दानबहरूले आखामा पट्टी बाधेर रातभरी ढोल बजाउन लगाएछन्
। दोस्रो दिन उज्यालो भएपछी बाङ्गो ढोलीलाई
भुतहरूले रातभरी ढोल बजाए बाफत
एउटा कातोमा (कपडा) पोको पारेर घरमा पुगे
पछी खोल्नु भनेर बक्सिस दिएका रहेछन् ।
बाङ्गोलाई
कौतुहल्ता लागे छ उनले बिच बाटोमानै त्यो पोकोलाई खोलेछन् । खोल्दा बालुवा देखेपछी
बालुवालाई त्यतै फालेछन् तर कातो फाल्न भुलेका रहेछन् । गाउँ पुग्दा उनले रातभरी
भएको सम्पूर्ण कुराहरू गाउँलेलाई सुनाएछन् यो कातोमा बालुवा बाधेको रहेछ मैले फाली
दिए । भनेर कातो फुकादा बचेका बालुवाका टुक्राहरू सुनका डल्लामा परिणत भएका रहेछन् । अहिले पनि हामीले तारा दमाई (तरूवा) का घरमा
गएर ती सुनका डल्लाहरू देख्न सकिन्छ । त्यसैले रेलको दमाईले पहिलो ठोकाउनी नहान्दा
सम्म गन्यापको पुजा लाग्दैन ।
सिमको
लाटो र गन्यापको सम्बन्ध
पश्यागर्खा
क्षेत्रमा चिरपरिचित सिमको लाटो गन्याप देउताको
सबै भन्दा नजिकको मित्रका रूपमा चिनिन्छ । सिमको लाटो गन्याप देउता संगसंगै
हुने गन्यापको रक्षाका लागि लड्ने रक्षक सेना प्रमुख हो । गन्याप देउताले आफ्नो सेना प्रमुखको रूपमा भाटभटेनीको बर्मलिन पछी सिमको
लाटोलाई बोलाएको किम्बदन्ती छ । सिमको लाटोले भुमिदेवलीलाई बोलाएको भन्ने किम्बदन्ती छ । त्यसै गन्यापको धामी अहिले पनि
बोल्दैन, सिमको लाटोले इसारा मात्रै गर्छ र भुमिदेवलीले सिमको लाटोले भनेको
कुरालाई सबैलाई बुझाउने गरेको अहिले पनि हामी देख्न सक्छु । सिमकोलाटो गन्याप देउताको
रक्षक सेना प्रमुख द्वारपाले भएको स्थानीय किम्बदन्ती छ । त्यसैले रातीको १२ बजे सिमको
लाटोले बाता ओल्क्याउने कम गर्छ । सिलाको चारै तिर बत्ती बाल्ने गर्छ त्यो दृष्य
निकै नै रोचक देखिन्छ । रक्षक भएको हुँदा
खेरी चारैतिर सिमको लाटाले बत्तीबाले पछी (बत्ती बल्किने) मात्रै पुजा आरम्भ हुन्छ
सिमको लाटोले बाता
ओल्काउने गर्दा जुन दृष्य देखिन्छ त्यो रोचक मात्रै होईन मानब नस्तिष्कलाई नै सान्त बनाउने गर्दछ ।
सन्दर्भ
समाग्रीः धर्म प्रति आस्था र विश्वस
गर्ने गन्यापधुरा
गाउँपालिका अग्रज व्यक्तित्वहरू ।