अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका-६ सल्लेरी वनमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान स्थानीयले एउटै रुखको हाँगोमा उनीहरूलाई झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल मृतकहरूको घरबाट करिब ४ सय मिटर टाढा पर्छ। मृत भेटिएका दुवै किशोरी क्रमशः १५ र १७ वर्षका रहेको र उनीहरू १७ गतेदेखि सम्पर्कविहीन भएका थिए।
“घटना संवेदनशील भएकाले नाम र ठेगाना खुलाउन सकिँदैन,” डिएसपी खनालले भने । उनका अनुसार स्थानीय प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय दुवैको टोली घटनास्थल पुगेको छ। घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ ।
04 Sep 2025, Thursday