मङ्सिर १४ गते । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङ जिल्लाको सैपाल हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सैपाल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का बझाङ र बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको हो ।
भूकम्पपछि संभावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय बाजुराले सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका अन्य प्राकृतिक विपत्तिबाट बच्न सजग र सतर्क रहन प्रशासनले अनुरोध गरेको हो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
30 Nov 2025, Sunday