डडेल्धुरा । विगत तीन दिनदेखि निरन्तर परिरहेको
अविरल वर्षाले डडेल्धुराका ग्रामीण सडकहरू अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा
जिल्ला बासीको दैनिकी कष्टकर बनेको छ ।
जिल्लाका दर्जनौँ ग्रामीण सडकमा खाल्डाखुल्डी र हिलो भरिँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको हो । बगरकोट-शिराड-रुपाल, बगरकोट-देवल, बगरकोट-चुल्ल, भद्रपुर-चिपुर, अनारखोली-भुल्कुडा, अनारखोली-चामा चौड, खसर्याखान-बेलापुर-ढुङ्गाड, भात्काडा-रेल, सकायल-रेल घरेलु- मेलगाजा, गैरा-गाङ्खेत-उणीकोट,साहुखर्ख-गाङ्खेत, जोगबुडा-शीर्ष सडक र जोगबुडा-कुर्मुल्ले-सलेता, उग्रतारा- सल्लाघारी लगायतका स्थानीय सडकमा यातायात सेवा अवरूद्ध भएको छ ।
यातायात
सञ्चालनमा रहेका केही सडकमा भने जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको
नवदुर्गा गाउँपालिका वडा नं. १ का स्थानीय इन्द्र बहादुर साउँदले बताए । उनले भने कतिपय सडक मापदण्डविपरीत निर्माण भएकाले वर्षाले
बढी क्षति पुर्याएको छ । ग्रामिण सडक अवरूद्ध हुदा दैनिक उपभोग्य समाग्री, दुग्ध जन्य
पदार्थ, अस्पताल आउजाउ लगायतका अत्यावश्यक सेवामा समेत बाधा पुगेको छ ।
साउदले भने स्थानीय सरकारले तत्काल सम्बन्धित निकायसंग समन्वय र सहकार्य गरेर सडकहरूको मर्मत सम्भार गरेर नागरिकको जनजीवन सहज बनाउनु पर्छ ।