धनगढी, ३० भाद्र। जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयमा पुगेको क्षतिपछि सेवा सञ्चालनमा कठिनाइ आएपछि आलोक मल्टी कन्सर्न प्रालि धनगढी–४, चटकपुरले सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार यसअघि आगलागीबाट ठुलो क्षति व्यहोरे पनि आम जनसमुदाय, व्यवसायी तथा उद्योग वाणिज्य संघलगायतको सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्कन सफल भएको अनुभवका आधारमा यो सहयोग गर्ने निर्णय गरिएको हो।
“समाज, समुदाय र राष्ट्रिय हितप्रति हाम्रो प्रतिबद्धता कायम छ,” कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ, “यसै भावनाले प्रेरित भएर सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि आवश्यक फर्निचर उपलब्ध गराउने निर्णय गरेका छौं।”
आलोक मल्टी कन्सर्न प्रालिले आगामी दिनमा पनि समाजिक उत्तरदायित्वका कार्यलाई निरन्तर अघि बढाउने र सहकार्यका कार्यक्रमलाई विस्तार गर्ने अठोट व्यक्त गरेको छ।