केआईसिंह आंशिक र भीमदत्त राजमार्ग पूर्णरूपमा बन्द

lalbigul.com

डडेल्धुरा । लगातारको वर्षासँगै डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग र डडेल्धुरा-कैलाली जोड्ने भीमदत्त राजमार्गमा आवागमन प्रभावित भएको छ ।


गन्यापधुरा गाउँपालिका वडा नं. २ मा पर्ने रडुवा खोलामा परेको पहिरोलाई डोजरले पन्छाएपछी आंशिकरूपमा बाटो खुलेको छ भने गन्यापधुरा गाउँपालिका वडा नं. १ भात्काडा क्षेत्रमा पहिरो पर्दा भिमद्त्त राजमार्ग पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक धनी चन्दले  बताए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राजमार्ग अवरुद्ध हुँदा डडेल्धुरा लगायत ७ पहाडी जिल्लाबाट तराई जाने सबै यात्रुहरू अलपत्र परेका छन् ।  

प्रतिक्रिया