डडेल्धुरा गाडी दुर्घटनामा ४ जनाको मृत्यु ६ घाइते

करन साउँद
डडेल्धुरा, भदौ १२ बिहिवार । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बिहिवार बिहान करिब ८ बजे चामा चौड देखि डडेल्धुरा आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा ५ माथिखर्कका १८ वर्षीया सुरेश साउद,  गजेलाका २३ वर्षीया सुरेश पार्की,  भुमिराज आ.बि. कि शिक्षिका ४० वर्षीया तारा अवस्थी र नवदुर्गा गाउँपालिका २ घर भइ माइतीघर धगडबत्तीमा बस्दै गरेकी  ७२ वर्षीया कलावती साउद रहेका छन् ।
सो घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूमा १८ वर्षीया सुशिला बिक, ४ वर्षीया प्रतिमा पार्की , ५२ वर्षीय चन्द्र बहादुर साउद, ५३ वर्षीय गणेश बहादुर साउद (नन्ना), ४४ वर्षीय प्रकाश बिक र  ३५ बर्षिया गाडी चालक राम बहादुर साउँद रहेका छन् ।

घाइते मध्ये प्रतिमा पार्कीको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते भएका ५  जनालाई डडेल्धुरा अस्पताबाट रेफर गरिएको हो । 
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटना स्थलमा प्रहरी निरिक्षक घनी चन्दको टोली उद्दारमा खटिएको थियो । 
घाइते मध्येका सवारी चालक राम बहादुर साउँदको अवस्था गम्भीर रहेको अस्पता स्रोतले जनाएको छ । 

प्रतिक्रिया