बैतडी। दशरथचन्द नगरपालिका-१ गुरुखोला विद्यालय गेट नजिक सोमबार साँझ भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
महाकाली यातायातको सु.प.प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा सोही नगरपालिका-१ की भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक रायले जानकारी दिए।
दुर्घटनापछि बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक पनि प्रहरी सम्पर्कमा रहेको जनाइएको छ।
घटनाप्रति आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेका छन्। पीडित पक्षसँग छलफल गरी आवागमन सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
30 Sep 2025, Tuesday