गन्यापधुरामा ८० वर्षका वृद्धको शव खोलामा भेटियो

बिगूल समाचारदाता

गन्यापधुरा डडेल्धुरा । गन्यापधुरा गाउँपालिका ५ का ८० वर्षीय कृष्णदत्त ओझाको शव आज बिहान स्थानीय खोलामा फेला परेको छ।

गन्यापधुरा गाउँपालिका ५ का वडाध्यक्ष चन्द्रप्रसाद रोस्याराले ओझा नजिकै रहेको अर्को घर (खर्क) जाने क्रममा चिप्लिएर खोलामा खसेको हुन सक्ने बताए ।

गाउँनजिकै रहेको रेलखोलामा स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी बिहान ११ बजे घटनास्थल पुगेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकोले  घटनाको विस्तृत विवरण आउन बाकी छ । मृत  ओझाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरा  ल्याइएको छ ।  

प्रतिक्रिया