डडेल्धुरामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

lalbigul.com

डडेल्धुरा । डडेल्धुरा जिल्लाप्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय रही मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 


प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको विज्ञप्तिमा असावधानीले ज्यान तथा सम्पत्तिमा क्षति हुन सक्ने भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, रातिको समयमा यात्रा नगर्न र पहिरो तथा डुबान जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

यस्तै, जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने, आवश्यक परे सम्बन्धित निकायसँग सम्पर्क राख्ने, र सडक अवरुद्ध भए तत्काल राहत तथा उद्धार गर्न डोजर, एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

प्रशासनले सम्भावित जोखिम न्यूनिकरणका लागि सबै सुरक्षा निकाय, स्थानीय तह, स्वयम्सेवक तथा सरोकारवालालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

प्रतिक्रिया