ढकाल ब्याक तमौली इन डडेलधुराका युवाले खौज्दै युवा नेतृत्व

lalbigul.com

तारा भट्ट ४ माध २०८२

डडेलधुरा । डडेलधुरामा आगामी चुनावलाई लिएर राजनीतिक चर्चा तिव्र बन्दै गएको छ। सागर ढकाल डडेलधुरा बाट ब्याक भएपछि युवाहरूले सुरत तमौलीलाई उमेदवारका रूपमा अघि सारेका छन् ।  डडेल्धुराको राजनीतिक वृत्तमा युवाहरूले  नयाँ बहस सुरु भएको छन् । 


अघिल्लो चुनावमा सागर ढकाललाई १३,००० मत दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएका सुरत तमोलीलाई अब डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिनु पर्छ भन्ने माग स्थानीय युवा, नागरिक समाज र विभिन्न समुदायबाट उठिरहेको छ।

यस विषयमा सुरत तमोलीसँग बुझ्दा, उनले भने,“म अहिले युवासँग छलफलमै छु। जनताको भावना र सुझाव बुझेपछि मात्रै आगामी निर्णय सार्वजनिक गर्नेछु।”

कोरोना कहर होस् या जुनसुकै संकटको बेला, निरन्तर जनसेवामा सक्रिय रहँदै आएका तमोलीलाई सेवामुखी र जनप्रिय नेतृत्वका रूपमा हेरिँदै आएको छ।

उनको सम्भावित उम्मेदवारीले डडेलधुराको राजनीतिमा नयाँ दिशा दिन सक्ने विश्लेषण भइरहेको छ।

तमौली विगत लामो समय देखि विसंगति र विकृतिका विरूद्धमा बौल्दै आएका युवा हुन । 

प्रतिक्रिया