डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि आज दिउँसो करिब १:३० बजे नेकपा (बहुमत) निकट कार्यकर्ताहरूले कालोमोसो दलेका छन्।
आर्थिक अनियमितता, भ्रष्टाचार तथा स्वास्थ्य क्षेत्रमाथि गम्भीर खेलवाड गरेको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलेको नेकपा (बहुमत) ले जनाएको छ। पार्टीका कार्यकर्ताहरूले अध्यक्ष ओझाले अस्पतालको व्यवस्थापनमा व्यापक लापरबाही र अनियमितता गरेको भन्दै विरोधस्वरूप यस्तो कदम चालेको बताएका छन्।
अहिले करिब २ बजे तिर सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् भने घटनाको वृस्तृत विवरण आउन बाकी छ । घटनाबारे अध्यक्ष ओझाको तर्फबाट औपचारिक प्रतिक्रिया आउन पनि बाँकी नै छ ।
07 Jan 2026, Wednesday