डडेल्धुरामा १६ वर्षीया बालिका हराइन् खोजी गरिदिन परिवारको अपिल

lalbigul.com

डडेल्धुरा । परशुराम नगरपालिका- ७, घुम्टेगडाकी १६ वर्षीया मन्जु बिष्ट हराएकी छन्।

परिवारका अनुसार उनी २०८२ असोज ३ गते बिहान करिब ७:३० बजे साथीको घरमा किताब लिन जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर त्यसपछि हालसम्म पनि उनी सम्पर्कमा आएकी छैनन्।

बालिकाको खोजी कार्य भइरहेको र देख्ने वा भेट्ने जो कोही महानुभावले नजिकैको प्रहरी चौकी वा परिवारका सम्पर्क नम्बर ९८६३०८८०३७ र ९७४९७५१४४४ मा खबर गर्न आग्रह गरिएको छ।

बालिकाको खोजतलासमा परिवार, स्थानीयवासी र प्रहरी सक्रिय रहेको परिवारले जानकारी दिएको छ। साथै सामाजिक सञ्जालमार्फत पनि खोजी अभियानमा सहयोग पुर्‍याउन अपिल गरिएको छ।

प्रतिक्रिया