संकर भण्डारी
अजयमेरू डडेल्धुरा । अजयमेरू गाउँपालिका- १, पुईलेकमा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत विभिन्न सूचना-सञ्चार तथा सचेतनामूलक कार्यक्रमहरू सुरु भएका छन्।
स्थानीय तहको समन्वयमा सञ्चालन भइरहेको यस अभियानले लैंगिक हिंसा रोकथाम, महिला तथा बालबालिकाको संरक्षण, समान अधिकारको सुनिश्चितता तथा सुरक्षित समाज निर्माणका विषयमा स्थानीयवासीलाई अभिमुखीकरण गरिरहेको छ।
अभियानको उद्घाटन कार्यक्रममा अजयमेरू गाउँपालिका उपाध्यक्ष बसन्ती पालको प्रमुख आतिथ्यता, वार्ड नं. १ वडा अध्यक्ष दत्ती सिंह भण्डारीको अध्यक्षता र भागरथी ऐरको विशेष उपस्थिति रहेको थियो।
अभियान अवधिभर अन्तरक्रिया कार्यक्रम, सचेतना र्याली, विद्यालयस्तरीय अभिमुखीकरण तथा समुदायस्तरीय छलफलहरू चरणबद्ध रूपमा सञ्चालन गरिने आयोजकजे जानकारी दिए । यस्ता कार्यक्रममार्फत समाजमा विद्यमान लैंगिक हिंसाविरुद्धको सोच परिवर्तन गर्दै सकारात्मक सामाजिक चेतना फैलाउने लक्ष्य लिइएको छ।
उक्त अभियान अजयमेरू गाउँपालिका कार्यालय, भद्रपुर,डडेल्धुराको आयोजनामा सञ्चालन गरेको हो।