डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका दुई खेलाडीहरूले नयाँ इतिहास रचेका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगितामा अजयमेरु गाउँपालिका–५ की दीपा विष्ट र सीता विष्टले स्वर्ण पदक जित्न सफल भएका हुन्। उनीहरूको यो शानदार जितले सिंगो डडेल्धुरा जिल्लालाई गर्व महसुस गराएको छ।
मंगलबार देखि सुरु भई बिहीबार समापन भएको यस भव्य प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका सयौं खेलाडीहरू सहभागी थिए।
कडा प्रतिस्पर्धाका बाबजुद दीपा र सीताले आफ्नो उत्कृष्ट खेल कौशल र दृढ संकल्पका साथ सबैलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
25 Sep 2025, Thursday