डडेल्धुरा, भदौ १७ । अजयरमेरु गाउँपालिका–२ मा आयोजना हुने भनिएको खेलकुद तथा सांस्कृतिक महोत्सव स्थगित भएको छ। वडा कार्यालयले मंगलबार सूचना जारी गर्दै २०८२ भदौ १८ गतेदेखि २०८२ भदौ २२ गतेसम्म हुने भनिएको महोत्सव पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसक्ने जनाएको हो ।
सूचनामा उल्लेख गरिएको छ, प्रतिकूल मौसमका कारण महोत्सव स्थगित गर्ने निर्णय भएको हो। महोत्सवको नयाँ मिति छिट्टै तोक्ने र त्यसबारे थप जानकारी सार्वजनिक गर्ने वडा नं. २ का वार्ड अध्यक्ष सिबराज भट्टले बताए ।
वडा अध्यक्ष भट्टले एक सुचाना जारी गर्दै महोत्सव स्थगित भएको जनाकारी गराएका हुन् । आयोजकले सरोकारवालाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको सचुनामा उल्लेख गरिएको छ ।
02 Sep 2025, Tuesday