अछाम देखि धनगढी जादै गरेको ईभी डोटीमा दुर्घटना : एकको मृत्यु २१ घाईते

बिगूल समाचारदाता

डडेल्धुरा  । डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु  २१ जना घाइते भएका छन् । अछामबाट धनगढी जादैगरेको  सु.प.प्र ०१००१ ख  ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-२ गैरामा शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी लगिएको छ ।  

प्रतिक्रिया