डडेल्धुरामा वडाध्यक्षद्वारा दलित युवामाथि चप्पल प्रहार, कानुन उल्लङ्घनको आरोप

lalbigul.com

डडेल्धुरा । परशुराम नगरपालिकाका एक वार्ड अध्यक्षले एक युवक माथि कुटपिट तथा अवद्र व्यवहार गरेका छन् ।

परशुराम नगरपालिका ८ का वडाध्यक्ष दिनेश प्रसाद जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (वि.क)लाई द्वारिक चोक नजिकै कन्चडमा  खुट्टाको चप्पल निकालेर प्रहार गर्दै “तिमीहरू औकातमा बस, हैसियतमा बस” भन्ने जस्ता जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको आरोप लुहारले लगाएका छन् ।

  

म बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वार्ड अध्यक्षले अभद्र व्यवहार गरेका हुन् । अभद्र व्यवहार पछी इलाका प्रहरी कार्यालय जोगबुढामा बोलाएर, मैले हानेकै हो भनेर उल्टै मलाई नै  हप्काई दप्काई गरेरको पिडितले बताए ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुखलाई बुझादा दुवै पक्षा इलाकामा आएको र सामान्य वादविदा भएको भनि १०/१५ मिनेट  आपसी छलफल गरेर घर गएको बताए । विभिन्न सामाजिक संञ्जालमा पिडितको मुद्दा दर्ता भएन भन्ने गुनासो आएको छ  यो विषयमा प्रहरीको धारण केहो भनेर बुझादा, सामाजिक संञ्जालमा आएको कुरा राजनैतिक प्रतिशोध र विरोधाभास भएको प्रहरी प्रमुखले वताए ।

घटनाका सन्दर्भमा नेपाल दलित मुक्त मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो समाजिक संञ्जाल फेसबुक मार्फत कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् । “एसरि सार्वजनिक स्थान  बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन” भनेर प्रतिक्रिया दिएका छन् ।


सामाजिक सञ्जालमा पनि वडाध्यक्षको व्यवहारको तीव्र आलोचना भइरहेको छ। धेरैले “हामीले भोट दिएर जिताएका जनप्रतिनिधिले यस्तै अपमान गर्छन् भने यो जनताको विश्वासमाथिको ठाडो प्रहार हो” भन्दै तत्काल राजीनामा र कानुनी कारबाहीको माग गरेका छन्।



नेपालको संविधान २०७२ भाग ३ धारा १८ ले सबै नागरिकलाई समानताको हकको ग्यारेन्टी दिएको छ र जातीय विभेदलाई पूर्णतया निषेध गरेको छ। त्यस्तै, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को दफा ४ अनुसार, सार्वजनिक स्थानमा जातीय आधारमा गरिएको अपमान, दुर्व्यवहार वा आक्रमण आपराधिक कसुर मानिन्छ र दोषीलाई जेल सजाय तथा जरिवाना गर्न सकिन्छ। सार्वजनिक बाटोमै दलित युवामाथि गरिएको यो अपमानजनक आक्रमण संविधान र ऐन दुवैको प्रत्यक्ष उल्लङ्घन हो।

घटनाका विषयमा सम्बन्धित वार्ड अध्यक्षलाई बुझन खोज्दा समाचार निर्माण गर्दा सम्म सम्पर्क भएको छैन् ।

प्रतिक्रिया