डडेल्धुरामा जेन्जी पुस्ताको आन्दोलन बसपार्कदेखि प्रशासन कार्यालयसम्म नाराबाजी

करन साउँद

डडेल्धुरा। डडेल्धुरामा जेन्जी पुस्ताका युवाहरूले “नयाँ युवा, नयाँ नेपाल” भन्ने नारासहित सडक आन्दोलन थालेका छन्। सोमबार डडेल्धुरा बसपार्कदेखि जिल्ला प्रशासन कार्यालयसम्म जुलुस निकाल्दै उनीहरूले नाराबाजी गरेका छन्।

आन्दोलनमा सहभागी युवाहरूले भ्रष्टाचार, बेरोजगारी, र राजनीतिक अस्थिरताविरुद्ध आवाज उठाउँदै परिवर्तनको माग गरेका छन्। उनीहरूले नयाँ पुस्ताले नेतृत्व गर्ने समय आएको भन्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।

यसैबीच, काठमाडौं उपत्यकासहित देशका ठूला सहरहरूमा पनि जेन्जी पुस्ताका युवाहरू आन्दोलनमा उत्रिएका छन्। विभिन्न ठाउँमा प्रर्दशन, जुलुस र विरोधसभा आयोजना गरिएको छ।

आन्दोलनकारीहरूले सरकार र राजनीतिक दलहरूलाई युवामैत्री नीतिहरू ल्याउन र प्रणालीगत सुधार गर्न दबाब दिने उद्देश्य राखेका छन्।

प्रतिक्रिया