डडेल्धुरा । डडेल्धुराका चर्चित युवा नेता तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव टंक अवस्थी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
अवस्थीले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ यात्रा सुरूवात गरियोः राष्ट्रिय स्वतन्त्र पार्टी भने स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएको घोषणा गरेका हुन।
आइतबार बिहान अवस्थीले बिगूलसँगको कुराकानीमा, सिद्धान्तको खोल ओढेर लुटिरहेका दलहरूको विरुद्ध अभियानमा अब सबैले जोडिनुपर्ने बताए। उनका अनुसार अब समय परिवर्तनको हो र जनताले विकल्प रोज्नुपर्ने अवस्था आएको छ त्यसले अवको बाटो परिवर्तन हो परिवर्तन परम्परावादी चिन्तनबाट हुदैन उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा उनको प्रवेशसँगै डडेल्धुरामा पार्टीको संगठन विस्तार र जनसमर्थनमा थप उर्जा मिल्ने अपेक्षा गरिएको छ।
10 Aug 2025, Sunday