जेनजी आन्दोलमा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदार शर्मा पक्राउ

बिगूल समाचारदाता

काठ्माण्डौ ।  भदौ  २३ र २४ गतेको जेनजी आन्दोलको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।

सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट अन्य धेरै कैदीहरु पनि भागेका थिए । कतिपय कैदी फेरि कारागारमै फर्किएका छन् भने झै कतिपय फरार नै छन् ।



प्रतिक्रिया