डडेल्धुरामा जनविश्वास जित्न सफल डिएसपी सुगन्ध श्रेष्ठको सरुवा, बरुणबहादुर सिंह आउँदै

करन साउँद
डडेल्धुरा ।  डडेल्धुरामा प्रहरी प्रमुखका रूपमा खटिँदा लागुऔषध नियन्त्रणदेखि अपराध नियन्त्रणसम्म सक्रिय भूमिका निर्वाह गरेका डिएसपी सुगन्ध श्रेष्ठको सरुवा गरिएको छ। उनले आफ्नो कार्यकालमा अपराध नियन्त्रण, कानूनको पालना र स्थानीय समुदायसँग सुमधुर सम्बन्ध विस्तार गर्दै प्रहरी संगठनप्रतिको जनविश्वास उच्च बनाएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार डिएसपी श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा विरेन्द्रनगर सुर्खेतमा सरुवा गरिएको हो।

उनको स्थानमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत डिएसपी बरुणबहादुर सिंहलाई डडेल्धुरा पठाइएको छ। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयअनुसार असोजदेखि तलब, भत्तासहित सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा/काज भएको मानवस्रोत विकास विभागले जनाएको छ।

प्रतिक्रिया