दार्चुलामा चितुवाको छालासहित बैतडीका एक व्यक्ति पक्राउ

lalbigul.com

दार्चुला ।  दार्चुलामा चितुवाको छालासहित  एक जना बैतडीका स्थानीय पक्राउ परेका छन्। शैल्यशिखर नगरपालिका–३ कर्कलेमा रहेको गोकुलेश्वर मार्मा सडक खण्डको छेउमा संकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने व्यक्ति बैतडीको डिलाशैनी गाउँपालिका ७ ऐर गाउँका ५० वर्षीय भान सिंह ऐर हुन्। ऐरको साथमा रहेको झोला प्रहरीले जाँच गर्दा त्यस भित्र लम्बाइ ६ फिट ३ इन्च (शिरदेखि पुच्छरसम्म) रहेको चितुवाको छाला फेला परेको छ।

दार्चुला जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको संयुक्त टोलीले बुधवार ऐरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीले चितुवा संरक्षण ऐन अनुसार आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

प्रतिक्रिया