डडेल्धुराको अमरगढीमा एकै रातमा आधा दर्जन पसलमा चोरी

करन साउँद

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ५ बागबजार पिपलबोटका आधा दर्जन  पसलमा चोरी भएको छ।

एकैरातमा पिपलबोटमा रहेका ४ वटा पसलमा  बुधवार राती चोरी भएको हो । पिपलबोटमा रहेका केदार तरकारी तथा फलफुल किराना पसल, सृरिष्टी होटल, आनन्द होटल, ओम नमो सिवाय किराना पसलमा चोरी भएको स्थानीय ब्यापारी  सुरेश सार्कीले बताए । 

चोरी कसरी भयो र कति क्षति भयो भन्ने विषयमा हालसम्म यकिन विवरण आउन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया