प्राइम कमर्सियल बैङ्क धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा समुद्घाटन

बिगूल समाचारदाता

धनगढी ११ पुष ।  प्राइम कमर्सियल बैंकको धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा एक समारोहका बीच समुद्घाटन भएको छ । धनगढी शाखा तथा सुदूरपश्चिम र कर्णाली प्रदेश शाखाको उद्घाटन समारोहको प्रमुख अतिथि  पद्मा अस्पताल , पद्मा नर्सिङ कलेजका संस्थापक सफल उद्यमी गजेन्द्रवीर चन्द थिए ।


नयाँ स्थानमा बैङ्कले आधुनिक सुविधा, पर्याप्त पार्किङ र सुरक्षित वातावरणको व्यवस्था गरेको छ । समारोहमा बैङ्कले गरेको सुविधा व्यवस्थाले ग्राहकहरूलाई छिटोछरितो र आरामदायी सुविधा प्रदान गर्न मद्दत पुग्ने बैंकका प्रदेश प्रमुख ईन्द्रप्रसाद गुरागाईँले बताए ।

प्रतिक्रिया