डडेल्धुरा । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न “सुदूरपश्चिम प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिता” मा डडेल्धुराले चम्किलो सफलता हात पारेको छ। दमदार खेल प्रदर्शन गर्दै डडेल्धुराले मात्र चार स्वर्ण (गोल्ड) पदक जितेको हो।
डडेल्धुराको अजयमेरु गाउँपालिकाकी दीपा विष्ट र सीता विष्ट, अमरगढी नगरपालिकाका दीपेश साउँद र परशुराम नगरपालिकाकी सरस्वती ठगुन्ना ले स्वर्ण पदक जितेर जिल्लाको मान बढाएका छन्।
त्यस्तै अमरगढी नगरपालिकाका कुशल ठकुराठीले रजत जित्दा, अमरगढी नगरपालिकाकै सगुन अवस्थी र सिर्जना साउँद ले कास्य पदक हात पारेको अमरगढी नगरपालिकका खेलकुद प्रशिक्षक ओमप्रकाश पन्तले जानकारी दिए।
पन्तले भने, मङ्गलवारदेखि सुरु भई बिहीवार सम्पन्न भएको प्रतियोगितामा डडेल्धुराबाट १३ जना कराँते खेलाडी सहभागी भएका थिए। जसमध्ये ७ ओटा मेडल डडेल्धुराले ल्याएको छ । यसले खेल क्षेत्रको विकासमा उर्जा थपेको छ ।
25 Sep 2025, Thursday