डडेलधुरामा आज करिब ९ घण्टा विद्युत आपूर्ति बन्द हुने

lalbigul.com

डडेलधुरा ।  नेपाल विद्युत प्राधिकरण, डडेलधुरा वितरण केन्द्रले आज  असोज २५ गते सनिवार  वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा करिब ९ घण्टा विद्युत आपूर्ति बन्द रहने जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार डडेलधुरा सबस्टेशनदेखि जोगबुडासम्मको ३३ के.भी. प्रसारण लाइनमा ‘बुस कटिङ्ग’ (रुखका हाँगा काट्ने) कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध हुने  बताएको हो । 

सो कार्यका लागि बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म विद्युत बन्द रहनेछ। यस अवधिमा डडेलधुरा र जोगबुडा सबस्टेशनबाट वितरित हुने जोरायल फिडर, डडेलधुरा फिडर, जोगबुडा फिडर, सालघारी फिडर, कटाल फिडर र जोगबुडा बजार फिडर अन्तर्गतका क्षेत्रहरू प्रभावित हुनेछन्।

विद्युत कटौतीले डडेलधुरा र गैर बजार, परशुराम नगरपालिकाका सम्पूर्ण स्थान र आलिताल गाउँपालिकाका सम्पूर्ण क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण, डडेलधुरा वितरण केन्द्रले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै, काम तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति समयअघि सुचारु हुने जानकारी समेत दिएको छ।

प्रतिक्रिया