बैतडी – अविरल वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँमा एक घर भत्किएको छ।
स्थानीय धर्मे भट्टको ढुंगाको कच्ची संरचनामा शुक्रबार बिहान पानी पसेपछि भित्तामा क्षति पुग्दै घर पूर्ण रूपमा भत्किएको अस्थायी प्रहरी चौकी सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिए।
घटना हुँदा घरभित्र कोही नभएकाले मानवीय क्षति भने भएको छैन। घर भत्किएपछि भट्ट परिवार अहिले आफन्तको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ।
घरधनी भट्टका अनुसार बसोबासको व्यवस्था नहुँदा परिवार अहिले समस्यामा परेको छ।
08 Aug 2025, Friday