अमरगढी। डडेल्धुराको अमरगढी नगरपालिका-१, स्याउले बजारमा रहेको सार्वजनिक शौचालयमा आज शुक्रबार रंगरोगन र सरसफाइ गरिएको छ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाहरूलाई जोड्ने प्रमुख बजार क्षेत्रमा रहेको उक्त सार्वजनिक शौचालयको रङ्गरोगन र सफाइ स्थानीय समाजसेवीहरूको पहल तथा एलिसा हार्डवेयर डडेल्धुराको विशेष सहयोगमा सम्पन्न भएको हो।
एलिसा हार्डवेयरको रंगरोगनका लागि आवश्यक सामग्री र स्थानीय समाजसेवी खेम बिष्ट र सुरत तमोलीको सक्रिय सहभागितामा रङ लगाउने कार्य सम्पन्न गरिएको स्थानीय बेस टमटाले जानकारी दिए ।
10 Oct 2025, Friday