डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बँदेलको आतंक

lalbigul.com

डडेल्धुरा । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका १ ऐरोडा लगायतका क्षेत्रमा  बँदेलले आतंक मच्चाएको छ।

स्थानीय किसान दिल बहादुर ऐरले भने बँदेलका बथानले रातिको समयमा खेतबारीमा पसेर मकै बाली सखाप गरेर जान्छन् । लगभग ३०० क्वन्टल मकै फल्ने ऐरोडाको ५० % बाली बदेलले नष्ट गरिसकेको छ । 


"हामीले वर्षभरि गरेको मिहिनेतबाट उब्जिएको अन्न बँदेलले सखाप पारिदिन्छ,"  ऐरले गुनासो गर्दै भने, "कृषि नै हाम्रो मुख्य पेशा हो तर फलाएको अन्न जंगलका जनावरका लागि मात्रै ठिक्क भएको छ। हामीले के खाने भन्ने चिन्ताले सताएको छ।"

जंगली बदलले नवदुर्गा १ को ऐरोडा न्वाघर निन्तोला बजाडी ओलीगाउँ सुनकोट लागायका क्षेत्र  मकैबाली सखाप पारेको स्थानीय इन्द्र साउँदले बताए ।

प्रतिक्रिया