डडेल्धुरा, श्रावण २९ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज श्रावण २९ गते बिहीबार देखि श्रावण ३१ गते शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मौसम सामान्यभन्दा बदलिने र कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षासँगै पहिरो, बाढी तथा नदी कटानजस्ता विपद् घटना हुने जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन प्रशासनले अनुरोध गरेको छ। यस्तै, विपद् व्यवस्थापनमा संलग्न निकायहरूलाई आवश्यक पूर्वतयारीसहित प्रभावित हुन सक्ने स्थानमा तत्काल तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रशासनले कुनै पनि आकस्मिक घटना भएमा तत्काल सम्बन्धित स्थानीय तह र स्थानीय सुरक्षाकर्मीलाई जानकारी दिन समेत सबैलाई आग्रह गरेको छ।
14 Aug 2025, Thursday