डडेल्धुरा जोगबुढा । भारतीय बजार हुँदै लुकीछिपी ल्याइएका भन्सार छलीका समाग्री जोगबुढा प्रहरीले बरामद गरेको छ ।
परशुराम नगरपालिका १२, लेटेरोडामा शुक्रबार राति नियमित गस्तीमा रहेको इलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले बिडी, सुपारी, सलाई लगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद गरिएका सामग्रीहरूको मूल्य अन्दाजी २७ हजार ६४० रुपैयाँ बराबर हुने बताइएको छ। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रहरी जनाएको छ ।
23 Aug 2025, Saturday