आलिताल । डडेल्धुराको आलिताल गाउँपालिकाको आयोजनामा बिहिवार हरितालिका तिज तथा गौरा पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावलको अध्यक्षतामा तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य गिता देवि मालको विशेष आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमा विभिन्न राजनैनिक क्षेत्रका महिलाहरू र स्थानीय महिलाहरूको उलेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले तिज पर्वको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पारिन्। यस्ता पर्वहरूले महिलाबीच एकता र आत्मीयता बढाउने बढाउनका साथै, गाउँपालिकाले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण कार्यक्रमहरूमा सबै महिलालाई सक्रिय सहभागिता जनाउन आग्रह गरिन् ।
त्यसैगरी प्रदेश सभा सदस्य मालले तिजलाई महिलाको एकताको प्रतीकका रूपमा व्याख्या गर्दै पछिल्लो समय भड्किलो र खर्चिलो बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले आधुनिकताको नाममा विकृति भित्र्याउन नहुने भन्दै सरल र सभ्य तरिकाले पर्व मनाउन आग्रह गरिन्।
साथै, महिलाले आफ्ना हक अधिकारका लागि सजग रहनुपर्नेमा जोड दिँदै सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने, विवाहको उमेर घटाउनेजस्ता पश्चगामी प्रयासहरूलाई कडा रूपमा विरोध गर्नुपर्ने धारणा राख्दै, महिला र पुरुषलाई एकै रथका दुई पाड्ग्रा भएकाले समान अधिकार सुनिश्चित नभएसम्म समाज अगाडि नबढ्ने उल्लेख गर्दै सबैलाई स्वास्थ्यको ख्याल राख्दै तिज र गौरा पर्वलाई आत्मीय र मर्यादित ढंगले मनाउन शुभकामना दिइन्।