फूलपातीमा चार नेपाली चलचित्र प्रदर्शन हुँदै

lalbigul.com

डडेल्धुरा । दसैँको फूलपाती (असोज १३) का दिन चार नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएका छन् । ती चलचित्रमा ‘माइतीघर’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु : च्याप्टर १’ रहेका छन् ।

‘माइतीघर’ मा केदार घिमिरे (माग्नेबुढा), धीरज मगर र प्रकाश सपुत मुख्य भूमिकामा छन् । ‘बलिदान’ समीर भट्टको शीर्ष भूमिका रहेको दोस्रो चलचित्र हो । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य पात्रको रूपमा देखिनेछन् ।

पहिले भदौ २७ गते रिलिज हुने तय भएको ‘अभिमन्यु : च्याप्टर १’ पनि अब फूलपातीमै प्रदर्शन हुने भएको छ । यसमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर बाङ्देलको प्रमुख अभिनय रहेको छ ।

प्रतिक्रिया