धनगढी । धनगढी-२ सन्तोषी टोलमा अवस्थित एलाइन्स प्लस टुले अबदेखि सुविधा सम्पन्न नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ। दाहाल पुस्तक पसल नजिकै रहेको सो भवनमा सर्ने निर्णय विद्यालयले गरेको हो।
पुरानो भवनमा सीमित भौतिक पूर्वाधारका कारण चुनौती सामना गर्दै आएको एलाइन्स प्लस टुले कानुन, व्यवस्थापन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स संकायमा अध्यापन गराउँदै आएको छ। छोटो समयमै उत्कृष्ट नतिजा मार्फत आफ्नो पहिचान स्थापित गरेको विद्यालयले नयाँ स्थानमा अझ आधुनिक सुविधासहित शैक्षिक सेवा प्रदान गर्ने तयारी गरेको छ।
नयाँ भवनमा अत्याधुनिक कम्प्युटर ल्याब, होटल म्यानेजमेन्टका लागि विशेष ल्याब, उच्चस्तरीय पुस्तकालय, एसीसहितका स्मार्ट कक्षाकोठा, कानुन संकायका विद्यार्थीका लागि मुटकोर्टको व्यवस्था लगायतका सुविधा रहने विद्यालय प्रशासनले जनाएको छ।
शान्त र सुरक्षित वातावरण, प्रसस्त खेलमैदान, अनुभवी तथा दक्ष शिक्षक–शिक्षिका, र प्रविधिमैत्री शिक्षण पद्धतिलाई एलाइन्स प्लस टुले आफ्नो मुख्य आधारका रूपमा लिएको जनाएको छ।