डडेल्धुरामा ऐतिहासिक बाल मन्दिरको पहिचान पुनर्जीवित गर्ने प्रयास

करन साउँद

डडेल्धुरा । नेपाल बाल संगठनले आफ्नो स्वामित्वमा रहेको ऐतिहासिक बाल मन्दिरको संरक्षणका लागि शुक्रबार औपचारिक अभियान सुरु गरेको छ । बाल मन्दिरका अध्यक्ष भुवन भण्डारी र सचिव गणेश ऐरको नेतृत्वमा हुडिङ बोर्ड लागाउने कार्य सम्पन्न भएको एक स्थानीयले बताए ।

२०७६ साल बैशाख १९ गतेका दिन बाल मन्दिरका संरक्षक समेत रहेका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहन जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले संगठन सक्रिय नभएसम्मका लागि बाल मन्दिरको संरचना र जग्गा ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयलाई प्रयोग गर्न दिने निर्णय गरेको थियो। 

संगठन सक्रिय भई नयाँ कार्यसमिति गठन भएपछि विश्वविद्यालयसँग संरचना र जग्गा फिर्ता गर्न वा प्रयोग गर्ने भए सम्झौताका लागि पटक–पटक पत्राचार गरिएको तर सकारात्मक प्रतिक्रिया नआएपछि यो कदम चाल्न बाध्य भईएको हो  अध्यक्ष भण्डारीले भने ।

शिक्षा विकास निर्देशनालय दिपायल डोटि र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्माण गरी हस्तान्तरण बाकी रहेको भवनको  समेत ताला फुटाएर प्रयोगमा ल्याइए पछी संगठनले सो कदम चाल्नु परेको उनले बताए  ।

“ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयलाई यो संरचना स्थायी रूपमा दिएको होइन, केही समय बस्नका लागि मात्र आश्रय दिएको हो। बस्न चाहने हो भने बाल संगठन सँग सम्झौता गर्नुपर्छ, नत्र संरचना छोड्नु पर्छ।” अनाथ असाय टुहुरा बालबालिकाको लागि निर्माण भएको संरचनामा विश्वविद्यालयले रजाई गर्न खोजे भोली त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिदै सचिब ऐरले भने सम्झौता  गर्ने वा छोड्ने निर्णय गर्नु  तत्काल गर्नु पर्छ 

सो बिषयमा विश्वविद्यालयका प्रमुख संग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन उहाँ जिल्ला बाहिर रहेको विश्वविद्यालय स्रोतको भनाई छ ।

२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठन अन्तर्गतको बाल मन्दिर लामो समयदेखि निष्क्रिय अवस्थामा रहेकाले यसको सम्पत्ति जोगाउने उद्देश्यले यो पहल गरिएको हो । मन्दिरको मुख्य गेटमा नयाँ हुडिङ बोर्ड लगाएर सुरुवात गरिएको कार्यक्रममा स्थानीयवासी तथा सरोकारवाला निकायले यसलाई ‘इतिहास जोगाउने महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया