डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि लागेको १३ वर्षीय बालक किरण कोलीको हत्या आरोपले राजनीतिक वृत्तदेखि सामाजिक तहसम्म चर्को बहस उब्जिएको छ । घटनाको विषयमा फरक-फरक भनाइ सार्वजनिक भएपछि वास्तविकतामाथि प्रश्नचिन्ह खडा भएको छ ।
अभियन्ताको गम्भीर आरोप
दलित अभियन्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत मन्त्री पालमाथि गम्भीर आरोप लगाएका छन् । उनले फेसबुकमा ुदलितले बाटो काटेको साइतु भन्दै मन्त्रीले गाडीले किचेर किरणको हत्या गरेको दाबी गरेका छन् । सुनारले पीडित परिवारलाई ५ लाख रुपैयाँ दिएर घटना दबाउन खोजिएको भन्दै बैंक खातामा रकम जम्मा भएको स्क्रिनसट समेत सार्वजनिक गरेका छन् ।
प्रहरी स्रोतको भनाई
‘डिलासैनी गाउँपालिका ३ का १३ वर्षीय किरण कोली साउन १७ गते डिन्नीगाडमा बालुवा सङ्कलन गर्ने क्रममा विद्युत् पोल छोएर करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा उनको मृत्यु भएको हो । कानुनी प्रक्रिया पूरा भएपछि मृतकका बाजेले १८ साउनमा शव बुझेका थिए । हत्या भएको भन्ने दाबी असत्य हो ।’
स्थानीय प्रमाण र शंकाको घेरा
यद्यपि, घटनाले शंकाको घेरा पनि बढाएको छ । एक स्थानीयले नाम नखुलाउने सर्तमा दिएको जानकारी अनुसार, किरण मन्त्रीकै संरक्षणमा चमेलिया नदीबाट संकलित बालुवाको रासमा खेल्दै गर्दा करेन्ट लागेका हुन् । करेन्ट लागेपछि रातारात बालुवा अन्यत्र सारिएको र पीडित परिवारको खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको दाबी गरिएको छ ।
पैसाको बलमा घटना मिलाउन खोजिएको भन्दै विभिन्न राजनैतिक दलहरू तथा समाजिक अभियान्ताहरूका समाजिक संञ्जाल भरी ुन्याय किनबेच गर्ने प्रयास भएकोु आरोप लगाएको छ । स्थानीयका अनुसार मन्त्रीको संरक्षणमा गैरकानुनी रूपमा बालुवा उत्खनन भएको र त्यसैले यो दुर्घटना भएको दाबी गरेको छ ।
मन्त्रीको प्रतिक्रिया र कानुनी प्रक्रिया
मन्त्री पालको सचिवालयले भने सबै आरोपलाई झूटो र भ्रमपूर्ण भन्दै खारेज गरेको छ। सचिवालयका अनुसार, घटना हुँदा मन्त्री जिल्ला बाहिर थिए र सामाजिक सद्भाव बिगार्ने उद्देश्यले सुनारले गलत प्रचार गरेको हो । सचिवालयले सुनारविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
विभिन्न पक्षबाट आ(आफ्नै तर्क र प्रमाणहरू प्रस्तुत भइरहँदा बैतडी बालक मृत्यु प्रकरणको सत्य के हो भन्ने प्रश्न अनुत्तरित छ । अब, यो घटनाको निष्पक्ष छानबिन र त्यसबाट आउने नतिजाले नै वास्तविकताको पर्दाफास गर्नेछ ।
संकाको घोरा फराकिलो बन्दैः
मृतक बालक कोलीको आमाको खाताम जम्मा गरिएको ५ लाख रूपैया के कति कारणले जम्मा भयो यसको उद्देश्य के थियो र किन घटनालाई सामसुम पार्न खोजिदै छ भन्ने कुराले समाजमा प्रश्न खडा गरेको छ ।