सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

lalbigul.com

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा तीन सय बिघा जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ। विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार क्याम्पसलाई विसं २०६२ मा टीकापुर विकास समितिले ३८० बिघा जग्गा प्रदान गरेको थियो। तर हालसम्म ८० बिघामात्र विश्वविद्यालयको भोगचलनमा रहेको छ।

उपकुलपति पन्तका भनाइअनुसार बाँकी तीन सय बिघा जग्गा मुक्तकमैया र सुकुम्बासीका नाममा अतिक्रमण गरिएको छ। उनले भने, “विश्वविद्यालयले पटकपटक संघ र प्रदेश सरकारसँग अतिक्रमण हटाउन आग्रह गरेको छ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।”

विश्वविद्यालयका अधिकारीहरूका अनुसार अतिक्रमणमा संलग्न व्यक्तिहरूलाई विभिन्न राजनीतिक दलहरूको संरक्षण भएकाले समस्या समाधानमा ढिलाइ भइरहेको छ।

अतिक्रमित जग्गा फिर्ता ल्याउन हालै विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले निर्णय गर्दै उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

विश्वविद्यालय प्रशासनले उक्त जग्गा शिक्षण, अनुसन्धान र पूर्वाधार विकासका लागि अत्यावश्यक रहेको बताएको छ।

प्रतिक्रिया