शिखर नगरपालिकाको सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन

करन साउँद

डोटी। शिखर नगरपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले खेलकुदले अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको भावना विकास गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई खेलकुदसँगै पढाइमा पनि उत्कृष्ट बन्न आग्रह गर्नुभयो । उहाँले राज्य खेलकुदको विकासका लागि निरन्तर लागिरहेको बताउनुभयो ।

प्रतियोगितामा शिखर नगरपालिका अन्तर्गतका १५ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेलहरू सञ्चालन हुने  शिक्षा  युवा तथा खेलककुद शाखा प्रमुख सेर बहादुर कार्कीले बताए  ।

कार्यक्रममा जिल्ला समुन्वय समिति, डोटीका प्रमुख,  शिखर नगरपालिका नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता १४ गते देखि १६ गते सम्म संचालन हुने छ । 

प्रतिक्रिया