धनगढी देखि काठ्माण्डौका लागि हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते

lalbigul.com

असोज १८ सनिबार । धनगढी  देखि काठ्माण्डौ जादै गरेको बस कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको छ । बसमा करिब ४० जना सवारमध्ये २२ जना घाइते भएको उहाँको भनाइ छ ।

घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया