डडेल्धुरा गाडी दुर्घटनामा थप एक जनाको मृत्यु

lalbigul.com

डडेल्धुरा। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ मा बिहिवार बिहान भएको जिप दुर्घटना थप एक जनाको मृत्यु भएको छ यो संगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो  । 

चामा चौड देखि डडेल्धुरा आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खस्दा दुर्घटनामा परि घाईते भएका ५३ वर्षिय गणेस बहादुर साउँद (नन्ना) को  डडेल्धुरामा उपचार हुन नसके पछी करिव १ बजे डडेल्धुरा अस्पतालबाट रेफर गरिएको थियो ।

नन्नाको मायामेट्रो हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । 

यो संगै दुर्घटनामा परि मृयु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेमा  नवदुर्गा ५ माथिखर्कका १८ वर्षीया सुरेश साउद,  गजेलाका २३ वर्षीया सुरेश पार्की,  भुमिराज आ.बि. कि शिक्षिका ४० वर्षीया तारा अवस्थी, नवदुर्गा गाउँपालिका २ घर भइ माइतीघर धगडबत्तीमा बस्दै गरेकी  ७२ वर्षीया कलावती साउद र नवदुर्गा गाउँपालिका वडा नं. ५ पुईयागैरा बस्ने गणेश बहादुर साउँद (नन्ना)  रहेका छन् । 

घाईतेहरूको मध्ये ३ जनाको घनगढी स्थित मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ भने  सवारी चालक  राम बहादुर साउँदको भारतको रुद्रपुर स्थित मेटासिटी हस्पिटलमा उपचार भइरहेको देब बहादुर साउँदले बताए । 

प्रतिक्रिया