बैतडीमा महिला स्वास्थ्यकर्मी मृत फेला, पुर्चौडी नगरपालिकाले गर्‍यो मंगलबार शोक विदा

lalbigul.com

बैतडी ।  बैतडीको पुर्चौडी  नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मी मृत फेला परेकी छन्। मृत फेला पर्नेमा अन्दाजी २४ वर्षीया अनमी भागरथी कुँवर (बिष्ट) रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आइतबार राति करिब ८ बजेतिर आफ्नै कोठा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता बलराम पाण्डेले जानकारी दिए। पुर्चौडी –१० चौमाला घर भएकी कुँवरको गत वैशाखमा मात्र विवाह भएको थियो। उनका श्रीमान् हाल नेपाली सेनामा कार्यरत रहेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनापछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली घटनास्थलमा खटिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच,अनमी कुँवरको असामयिक निधनप्रति पुर्चौडी  नगरपालिकाले गहिरो दुःख प्रकट गर्दै शोक वक्तव्य जारी गरेको छ। नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, मंगलबार (भदौ ३ गते) एक दिन नगरपालिकाका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा शोक विदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया